जीवनशैली

जातीय मुक्ति समाजको अध्यक्षमा पंचराम



धनीराम कोरी
महाराजगन्ज २० फागुन । नेकपा एमाले पार्टीको भातृ संगठन नेपाल उत्पीडित मुक्ति समाज महाराजगन्ज को प्रथम नगर अधिवेशन बाट महाराजगन्ज का चर्चित युवा नेता पंचराम चमार नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन हुनु भएको छ । नेकपा एमाले महाराजगन्ज नगर कमिटीको कार्यालय मा नेपाल उत्पीडित जातीय मुक्ति समाज महाराजगन्जको प्रथम अधिवेशन बाट उपाध्यक्ष हरि नारायण प्रसाद हरिजन , सचिव कृष्ण चन्द पासी , कोषाध्यक्ष राम सवारे कोरी लगायत १७ सदस्यीय कमिटी गठन भएको हो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज महाराजगन्ज नगर कमिटी सदस्यहरु सन्त प्रसाद पासी , राम नन्द कोरी , राम शंकर पासी , भोला कोरी , राम जीवन पासवान , राम छविले पासी , सुरसती कोरी , सुकदेव पासी , विक्रम रैदास , शिव प्रसाद कोरी , राम किशन कोरी र इनरमति रैदास रहेको महाराजगन्ज नेकपा एमालेले जनाएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रदेश सदस्य सुर्यमन पासवानको अध्यक्षता , प्रमुख अतिथि नेकपा एमाले पार्टी कपिलवस्तु का सचिव एवम् नेपाल उत्पीडित जातीय समाज मुक्ति को केन्द्रीय सचिवालय सदस्य सि वी गाहतराज , जिल्ला कार्यसमिति सदस्य राम प्रघट कोरी , महाराजगन्ज नगर इन्चार्ज मबुद खां र सह(इन्चार्ज शिवराम खड्का लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६