अन्तर्राष्ट्रिय

साउदी अरबमा रहेका नेपालीलाई कम्पनी नछोड्न एनआरएनएको आग्रह



काठमाडौं २१ फागुन – साउदी अरबमा भइरहेको काम र कम्पनी छोडेर बाहिर काम नगर्न गैर आवासीय नेपाली सङ्घ साउदी (एनआरएनए) ले आग्रह गरेको छ ।पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा म्यानपावर र एजेन्टको झुटो आश्वासनमा परी नेपालीहरू साउदी अरबमा आउने तर भनिए अनुसारको काम, तलब र अन्य सुविधा नपाउने गरेको कारण आफू आएको कम्पनी छोडेर बाहिर काम गर्नेको सङ्ख्या बढेको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार विदेश आउँदा चर्को ब्याजमा ऋण लिएर आएको र थोरै तलबमा सन्तुष्ट नहुने, धेरै तलबको प्रलोभनमा पर्ने, नेपाल फर्किन चाहे पनि सहजै फर्किन नसक्ने, कम्पनी, म्यानपावर, एजेन्ट, वैदेशिक रोजगार विभाग लगायतका निकायहरूमा आफ्नो कुरा राखे सुनुवाइ हुँदैन ।

‘नेपाल फर्कन नसक्ने अवस्थामा अधिकांश नेपालीहरू भागेर काम गरिरहेका सर्बबिद्दितै छ । तर भागेर काम गर्नु साउदीमा गैर कानुनी रहेको र यहाँ रहँदा कुनै पनि व्यक्तिगत समस्याहरू आउँदा कहीँ कतै (चाहे कम्पनीबाट होस् या त नेपाल सरकारबाट होस्) बाट पनि सहयोग पाउन नसकिने र सहयोगको लागि अनुरोध गरे पनि कठिन र लामो समय लाग्ने भएकोले कम्पनी छोडेर भागेर काम नगर्न सबैमा अनुरोध गर्दछौँ, सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भागेर काम गर्नुपर्ने बाध्यता भए पनि विदेशको ठाउँमा त्यो गैर कानुनी बाटोलाई अवलम्बन नगर्न, जस्तो सुकै समस्या परे पनि त्यसलाई सामना गर्न धैर्य गर्ने र आफूलाई परेको समस्या सम्बन्धित निकायहरूमा जानकारी गराई पहल अनुरोध गर्ने गर्नु नै उचित हुने सङ्घले जनाएको छ ।

यदि कहीँ कतैबाट पनि समस्या समाधान हुन नसके संघलाई खबर गर्न अनुरोध गरिएको जनाएको छ ।

प्रकाशित : २१ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६