जीवनशैली

कांग्रेस चितवनको सभापति छान्न आज दोस्रो चरणको मतदान हुँदै



चितवन २१ फागुन -पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि नेपाली कांग्रेस चितवनको सभापति छान्न आज दोस्रो चरणको मतदान हुने भएको छ ।शुक्रबार भएको पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणको मतदान आज शनिबार दिउँसो साढे १२ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका छन् । यस्तै मिलनबाबु श्रेष्ठले दोस्रो धेरै ६६२ मत ल्याएका छन् ।

सभापतिका अन्य दाबेदार उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र डा.सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका छन् । १०१ मत बदर भएको छ ।मिलनबाबु देउवा पक्षका उम्मेदवार हुन भने खनाल कोइराला पक्षका उम्मेदवार हुन् । बाँकी तीन जना उम्मेदवार संस्थापन इतरकै उम्मेदवार हुन् । उनीहरूलाई एक ठाउँमा ल्याएर खनाललाई जिताउने प्रयास सुरू भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

सभापति प्रत्यासी बनेर पराजित भएकोकाहरूले गर्ने निर्णयले सभापति को बन्ने भन्ने तय हुनेछ । बाँकी पदाधिकारीको भने मतगणना सुरु भएको छैन।

प्रकाशित : २१ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६