प्रदेश

सुर्खेतमा युवाको मृत्युपछि, प्रहरी विरुद्ध आफन्त आन्दोलित




सुर्खेत, २१ फागुन । सुर्खेतमा प्रहरीको कुटपिटबाट एक युवाको ज्यान गएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । कालीकोटका कृष्ण हमालको ज्यान गएको भन्दै उनका आफन्तहरु आन्दोलित भएका हुन् ।

उनको शनिबार बिहान ज्यान ग एको हो । शुक्रबार साँझ नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगरमा रहेको सुब्बाकुना प्रहरी चेकपोष्टमा रक्सी सेवन गरेको भन्दै प्रहरीले कुटपिट गरेको आफन्तले आरोप लगाएका छन् ।

हमाललाई बिहान सवा दश बजे सुर्खेत अस्पताल लगिएको थियो । सुर्खेत अस्पतालले विज्ञप्तिमार्फत अस्पताल ल्याउनु पूर्व नै ज्यान गएको जनाएको छ । अस्पताल प्रशासनले जारी गरेको प्रेस विज्ञप्तिमा शनिबार बिहान १० बजेर १५ मिनेटमा दुई जना व्यक्तिहरुले बेहोस् भएको भनेर ल्याएको र जाँच गर्ने क्रममा कुनै पनि जिवित चिन्हहरु नभएकाले र अस्पताल ल्याउनुपूर्व नै ज्यान गएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले घटनाको विषयमा छानबिन गर्नका लागि पीडित पक्षसँग बसेर समिति बनाएको र छानबिन सुरु गरी दोषि देखिए कारबाही गरिने जानकारी दिनुभयो ।

प्रकाशित : २१ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६