कपिलवस्तु, २१ फागुन ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा लक्षित वर्ग अन्र्तगत ३१ जनाका लागि ३५ दिने ड्राइभिङ् तालिमको उद्धाटन गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १ स्थित नगर स्तरीय दलित उपभोक्ता समितिको सभाहलबाट तालिमको उद्धाटन गरिएको हो ।जिल्लाको बाणगंगा नगरपालिकाको आर्थिक सहयोग तथा दलित उपभोक्ता समितिको आयाजनामा जितपुर स्थित मालिका ड्राइभिङ सेन्टरसँगको सहकार्यमा नगरका ११ वटै वडाका बेरोजगार दलित युवा तथा युवतिहरुलाई तालिममा सहभागी गराइएको छ । नगर भरबाट आवेदन दिएका ७८ जनाबाट समितिले छनोट गरी ३१ जनाको अन्तिम नामावली सार्वजनिक गरेको दलित उपभोक्ता समितिका नगर अध्यक्ष टिकाराम सुनारले जानकारी दिए ।
समितिका अध्यक्ष सुनारको अध्यक्षता रहेको कार्यक्रममा बाणगंगा नगरपालिकाका उप प्रमूख चक्रपाणी अर्यालको प्रमूख आतिथ्यता सहित वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी अधिकारी पन्तको विशिष्ठ आतिथ्यता रहेको थियो । नगरपालिका अन्र्तगत सामाजिक विकाश शाखा अधिकृत शुशिला पन्त, कार्यपालिका सदस्यहरु कृष्णबहादुर विश्वकर्मा र योगनाथ सुनार, दलित अगुवा पिताम्बर वि.क, बेदराज नेपाली लगाएतको आतिथ्यता रहेको थियो ।दलित उपभोक्ता समिति सचिव सारदा परियारको स्वागत रहेको कार्यक्रम दलित अगुवा पुर्णचन्द्र परियारको संचालनमा सम्पन्न भएको हो ।कार्यक्रममा दलित समुदायको उत्थानका लागि बाणगंगा नगरपालिकाले गत वर्ष र यस वर्ष ड्राइभिङ् तालिम मार्फत नगरका बेरोजगार दलित युवाहरुलाई आत्मनिर्भर बनाउन विशेष भुमिका खेलेको बताइएको छ । कार्यक्रमका वक्ताहरुले सहभागीहरुलाई अनुशासनपुर्वक तालिम अवधिभर सक्रियताका साथ सहभागीता जनाउन आग्रह पनि गरेका छन् ।
प्रतिक्रिया