प्रदेश

महाराजगंज नगरपालिकाका सबै वडाहरुमा २४ घण्टे प्रसुति सेवा बिस्तार हुँदै




कपिलवस्तु, २१ फागुन ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाले नगरका सबै वडाहरुमा २४ घण्टे प्रसुति सेवा बिस्तार गरेको छ । स्वास्थ्य सेवाको पहँुच बढाई मातृ र शिशु मृत्यु दर घटाउन नगरपालिकाले स्वास्थ्य चौकीहरुमा २४ घण्टे प्रसुति सेवालाई बिस्तार गर्दै लगेको हो । नगरका ११ वटा वडा रहेको महाराजगंजमा एक वटा प्राथमिकता स्वास्थ्य उपचार केन्द्र र १० वटा स्वास्थ्य चौकी छन् । त्यस मध्ये ७ वटामा २४ घण्टे प्रसुति सेवा बिस्तार भई सकेको मेयर अब्दुल कलामले बताए । वडा नम्बर १, ५, ६, ७, ८, ९ र १० स्थित स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुति सेवा संचालनमा आई सकेको मेयर कलामले बताएका छन् । वडा नम्बर ४ र ११ मा चालु आर्थिक बर्ष भित्रै स्वास्थ्य चौकी भवन निर्माण सहीत २४ घण्टे प्रसुति सेवा संचालन गरिने उनको भनाई छ । कजराहवा स्वास्थ्य चौकीमा संचालन गरिएको २४ घण्टे प्रसुति सेवाको उद्घाटन गर्दै मेयर कलामले पालिकाहरुका जनतालाई राम्रो स्वास्थ्य सेवाको पहुँच बढाउने आफ्नो मुख्य लक्ष्य रहेको बताए । उनले आफुले मेयरमा जिते देखि नै स्वास्थ क्षेत्र प्रमुख प्राथमिकतमा राखेको भन्दै सबै स्वास्थ्य चौकीमा प्रसुति सेवा पुर्याउने लक्ष्यको नजिक पुगेको बताए । ‘ ११ वडा मध्ये ७ वडामा प्रसुति सेवा संचालनमा आई सकेको छ, बाकी २ वटा यही आर्थिक बर्ष संचालनमा आउनेछ ’ उनल भने । पालिकामा मातृ र बालमृत्यु दर घटाउन आफु सूरु देखि नै प्रसुति सेवा संचालन गर्ने लागेको बताए । वडा नम्बर २ र ३ मा नयाँ संरचना बन्न यस बर्ष कठिन भएकाले संचालनमा आउन गाह्रो हुने जनाईएको छ । त्यस्तै वडा नम्बर ८ का वडाध्यक्ष तथा समाजिक समितिका संयोजक यागेन्द्र कुमार केसीले नगरले बनाएको नीति अनुसारनै पालिकाका सबै वडामा स्वास्थ्य चौकी भवन निर्माण सहीत प्रसुति सेवा संचालन गर्नै कार्य अघि बढाएको बताएका छन् । उनले आफ्नो वडाको स्वास्थ चौकीमा हरेक हप्ताको सामेवार र बिहीवार डाक्टरहरुबाट स्वास्थ्य चेकजाँचको समेत प्रबन्ध मिलाएको बताए । स्वास्थय चौकीमा २४ घण्टे प्रसुति सेवा संचालन भएपछि गर्भवति महिलाहरु लाभांवित हुने उनले बताए । सामान्य प्रसुति सेवाकालागि समेत सदरमुकाम तौलिहवा र अन्य स्थानमा जानु पर्ने बाध्यता बिस्तारै टर्दै गएको उनको भनाई छ ।

प्रकाशित : २१ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६