खोज–अनुसन्धान

शोभाखरको नेतृत्वमा प्रेसचौतारी लुम्विनी : सम्मान र पुरस्कार वितरण




दाङ २२ फाल्गुन । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक महाधिवेशनबाट शोभाखर पन्थीको नेतृत्वमा नया समिति गठन भएको छ।सर्वसम्मत रुपमा पन्थिको नेतृत्वमा उपाध्यक्षमा लक्ष्मि तिमिल्सिना र दशरथ घिमिरे चयन भएका छन् । यस्तै महासचिवमा निरु गौतम चयन भएकि छन्।सचिवमा बेनि माधव बस्याल र बिनोद बस्नेत चयन भएका छन ।यस्तै कोषाध्यमा एलबि थापा चयन भएका छन् । सदस्यमा ५१ सदस्यीय कमिटी गठन भएको हो ।

यता नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जनताका बिचमा भएका भ्रमपूर्ण प्रचारबाजी चिर्नका लागि मिडियाको भुमिका महत्वपूर्ण हुने बतउनु भएको छ । मिडियाको शक्ति नै भ्रम चिर्ने, सत्य तथ्य र निस्पक्ष पत्रकारिता होभन्दै त्यसकालागि प्रेस चौतारी आवध्द पत्रकारहरुले बिशेष चनाखोबन्न उहाले आग्रह गर्नु भयो । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनलाई सम्वोधन गर्दै सचिव बिश्वकर्माले स्थानीय तहको निर्वाचनसहित प्रदेश र संघको चुनावमा प्रेस चौतारीको भुमिका महत्त्वपूर्ण हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै केन्द्रीय पोलिटब्यरो सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज सुर्य थापाले अवको पत्रकारिता विकास केन्द्रीय हुनुपर्ने भन्दै पत्रकारले विकासका मुद्दामा जोड दिन आग्रह गर्नु भयो । एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले प्रेस स्वतन्त्रताका लागि पत्रकारले कलम चलाउनुपर्ने बताउनु भयो । प्रेस चौतारी लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको छ । पुर्व केन्द्रिय उपाध्यक्ष मोहन चापागाईं, शरद अधिकारी र पुर्व कोषाध्यक्ष अक्षरी पोखरेललाई सम्मान गरिएको हो ।
उत्कृष्ट पत्रकार सम्मानको रुपमा रुपन्देही शाखाबाट बुटवल टुडे दैनिकका बरिस्ठ संवाददाता कृष्ण खनाल, बाँकेबाट विश्वराज पंछांग्या, दाङबाट रन्जिता अधिकारी, पाल्पाबाट कृष्णप्रसाद पोखरेल, कपिलवस्तुबाट गिता पौडेल, नवलपरासीबाट मोहन पौडेल, अर्घाखाँचीबाट नवीन केसि र रुकुमबाट महेश केसि नगद सहित पुरस्कृत हुनु भएको छ ।

प्रकाशित : २२ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६