कपिलवस्तु २१ फागुन । कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले १२ औं कपिलवस्तु महोत्सवलाई भव्य रुपमा सफल बनाउन अपिल गर्नुभएको छ । यही चैत्र ३ देखि चैत्र १३ गतेसम्म संचालन हुने महोत्सवलाई अब भव्य रुपमा सफल बनाउन निवर्तमान अध्यक्ष पौडेलले सबैलाई अपिल गर्नुभएको हो ।
उहाँले कोरोना संक्रमणको त्रासले विगतमा स्थगित भएको महोत्सवलाई अब सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भन्नेमा अहिले आफुहरु लागी परीरहेको बताउनुभयो । महोत्सव सुरु हुन अब केही दिन मात्र बाँकी रहेकाले संघका पदाधिकारीसहित सरोकारवालाहरु जिम्मेवारी बहन गर्दै तयारीमा जुटेको उहाँको भनाई छ ।
माघ महिनामा नै सुरु गर्ने तयारी रहेको महोत्सव कोरोनाको बढ्दो संक्रमणले स्थगित भएसंगै आयोजक तथा यस क्षेत्रका व्यवसायी चिन्तित भएको निवर्तमान अध्यक्ष पौडेलले स्मरण गर्नुभयो । स्थानीय उत्पादन, पर्यटन क्षेत्रको विकास तथा कला संस्कृतिको जर्गेनासंगै थला परेको अर्थतन्त्रलाई महोत्सवले केही भए पनि उकास्न मद्दत मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रत्येक बर्ष लगाईने कपिलवस्तु महोत्सवलाई निरन्तरता दिन पनि अहिले महोत्सवको विशेष रहेको उहाँको भनाई छ । चैत्र ३ गते भन्दा अगाडि नै काम सक्ने गरि कामहरु धमाधम भईरहेको बताउँदै उहाँले १२ औं कपिलवस्तु विगतका महोत्सव भन्दा पृथक हुने दाबी गर्नुभयो ।
प्रतिक्रिया