अर्थ-वाणिज्य

तिलौराकोट नजिकको चेत्रादेइमा उत्खनन् र अन्बेषण शुरु




कपिलवस्तु २२ फागुन।कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० स्थित चत्रादेईकोटमा उत्खनन र अन्वेशषण सुरु गरिएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय बिज्ञहरुको टोलीले चेत्रादेईको ऐतिहासिक कुरा पत्ता लगाउन उत्खनन, अनुसंधान थालेको हो । बेलायतको दुर्हम बिश्व बिद्यालय, पुरातत्ब बिभाग र लुम्बिनी बिकास कोषका बिज्ञ तथा पुरातत्वबिद्को टोलीले शुक्रवार देखि बिधिवतरुपमा कार्य सुरु गरेका हुन ।
अत्याधुनिक प्रबिधिका उपकरण प्रयोग गरेर पुरातात्बिक मुल्य मान्यता अनुसार उत्खनन् थालिएको हो । बिश्व सम्पदा सुचीमा सुचीकृत गर्ने प्रकृयामा रहेको तिलौराकोटालई बल पुग्ने गरी चेत्रादेईमा अध्ययन र अनुसंधा थालिएको पुरातत्ब बिभागका बरिष्ठ पुरातत्व अधिकृत राम बहादुर कुवरले बताए । बिभागको स्वामित्वमा रहेको ५ बिघा क्षेत्र भित्र पर्ने २ वटा स्थानमा उत्खनन गरी अनुसंधान थालेको उनले बताए । केही बर्ष पहिले चेत्रादेईमा गरिएको भु–भौतिक सर्वेक्षणलकोक्रममा त्यहा पर्खाल लागयतका संरचना रहेको देखाएको थियो । विकासक्रम बारे जानकारी लिएर वरिवरि रहेको क्षेत्रको अन्वेशषण गरेनछ । फेला पािरएक बुस्तुहरुको बिश्लेषण गरिेनेछ ।
चेत्रादेईमा गरिएको अध्ययनले समेत तिलौरकोट लाई नै बल मिल्ने उनले बताए । टोलीमा दुर्हमा बिश्व बिद्यालयका ८, बिभागका ४ , एक जना बिज्ञ, कोषका २ लागयत गरी २० जनको बढीको टोली सहभागी छन । उत्खनन कार्य २४ दिन सम्म चल्ने छ । बुद्धुभुमीका मेयर केशव कुमार श्रेष्ठले चेत्रादेईकोटका अहिलेको टोलीले गरेको अनुसंधानबाट ऐतिहासिकता प्रमाािण्त हुने बताए । उनले चेत्रादेई क्षेत्रको विकासकालागि आफुले सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

प्रकाशित : २२ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६