कपिलवस्तु २२ फागुन । मायादेवि गाउपालिकामा एमाले निकट ४ वटा संगठनको पालिका स्तरीय भेलाले कमिटी गठन गरेको छ । जस अनुसार अखिल नेपाल किसान महासंघमा राममिलन पासीको अध्यक्षतामा ४१ सदस्यीय,अनेरास्ववियू इप्तेकार खानको अध्यक्षतामा ७ सदस्यीय,यूवा संघमा असफाक अहमदको अध्यक्षतामा ४७ सदस्यीय,मुस्लिम सगठनमा ं साहवुदिन मल्लीकको अध्यक्षतामा ४१ सदस्यीय पालिका स्तरीय कमिटी गठन भएका छन् । सयुक्त भेलालाई संवोधन गर्दै एमालेका निवर्तमान अध्यक्ष एवम प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेलले एमालेको संगठन इष्पात जस्तै चुस्त दुरुस्त र सकृय हुनु पर्ने वताउनु भयो । भेलामा प्रदेश नेता शान्ति हरिजन , जिल्ला नेता विनोद चौधरी , विष्णु गौतम , कमल क्षेत्री, तिरथ पासी याकुव मुसलमान लगायतले शुभकामना दिनु भएको थियो । भेलाको अध्यक्षता जगन्नाथकुर्मीर संचालन विष्णु प्रसाद पाण्डेले गर्नु भएको थियो ।
नेकपा एमाले बाणगंगा नगरपालिका वडा नं. २मा ८ वटा टोल कमिटि गठन भएका छन् । जसअनुसार नन्दनगर टोलमा धनराज रेग्मी राजपुर टोल कमिटीमा मन ब. थापा ,उत्तर पिपरा टोल कमिटीमा टेक नारायण न्यौपाने , दक्षिण पिपरा टोल कमिटीमा दामोदर पन्थिको अध्यक्षता कमिटीहरु वनेका छन् । त्यस्तै बैजलपुर टोल कमिटीमा .घनस्याम न्यौपाने गोवड्यिामा दासुराम बेल्बासे बिसनपुरामा टंक प्रसाद अर्याल र राधाकृष्ण कोलोनी टोल कमिटीमा. बिष्णु प्रसाद बस्यालको अध्यक्षता कमिटी बनेको कमल प्रसाद घिमीरेले जानकारी दिनुभयो ।
यता नेकपा एमाले पार्टीको भातृ संगठन नेपाल उत्पीडित मुक्ति समाज महाराजगन्जको प्रथम नगर अधिवेशन बाट महाराजगन्ज का चर्चित युवा नेता पंचराम चमार नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन हुनु भएको छ । नेकपा एमाले महाराजगन्ज नगर कमिटीको कार्यालय मा नेपाल उत्पीडित जातीय मुक्ति समाज महाराजगन्जको प्रथम अधिवेशन बाट उपाध्यक्ष हरि नारायण प्रसाद हरिजन , सचिव कृष्ण चन्द पासी , कोषाध्यक्ष राम सवारे कोरी लगायत १७ सदस्यीय कमिटी गठन भएको हो । नेकपा एमाले पार्टी कपिलवस्तुका सचिव एवम् नेपाल उत्पीडित जातीय समाज मुक्ति समाजको केन्द्रीय सचिवालय सदस्य सि वी गाहतराजले एमाले उत्पीडित मैत्री भएको वताउनु भयो ।
प्रतिक्रिया