समाचार

हिमपहिरोमा परेर १५ चौरी मरे



म्याग्दी – मुस्ताङको थासाङ गाउँपालिकामा रहेकाे मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर १५ वटा चौरी मरेका छन्।

छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन्। आज बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताउनुभयो ।  

‘चौरी बास बसेको खर्कमा बिहान ३ बजे हिउँपहिरो खसेको थियो’ उहाँले भन्नुभयो, ‘हिउँले पुरिएर चौरी मरेका हुन् ।’ चौरी खर्कमा राखेर गोठाला कोवाङ झरेका थिए । बिहान गोठाला जाँदा चौरी मरेका भेटिएपछि खबर गरेका थिए।

हिउँदमा जाडो छल्न बेसी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो। मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ। 

गएकाे कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । मुस्लोसहित हिउँ पहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माविका नौ  शिक्षक विद्यार्थी घाइते भएका थिए । नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका २१ वटा याक र नाक मरेका थिए।  

प्रकाशित : २२ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६