प्रदेश

आज बस्ने प्रतिनिधि सभा बैठकका यस्ता छन् सम्भावित कार्यसूची



काठमाडौं, २२ फागुन । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। प्रतिनिधि सभाको १०औं अधिवेशनको १०औँ बैठक आज बस्न लागेको हो।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन, आव २०७७र७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

यसैबीच, संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजेसंसद भवनमै बस्दै छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ। सभामुखले १४ जना सांसदलाई कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको हो।

प्रकाशित : २२ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६