प्रदेश

केन्द्रिय अध्यक्ष सिंहद्धारा अखिल (क्रान्तिकारी) कपिलवस्तुको कार्यालय उद्घाटन हुने



अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कपिलवस्तुको जिल्ला कार्यालय उद्घाटन हुने भएको छ। यहि फाल्गुन २३ गते सोमबार कपिलवस्तु नगरपालिका वडा नं. २ जमुवारटोल तौलिहवामा एक भव्य कार्यक्रमको आयोजना गर्दै कार्यालयको उद्घाटन हुने अखिल (क्रान्तिकारी) कपिलवस्तुले जनाएको छ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज एवम प्रतिनिधि सभा सदस्य चक्रपाणि खनाल (बलदेव)को प्रमुख अतिथ्यता तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पञ्चा सिहँ विशेष उपस्थिति रहने अखिल (क्रान्तिकारी) कपिलवस्तुका अध्यक्ष हरिश चन्द्र खनालले जानकारी दिनु भएको छ।

जिल्लामा कुनै पनि विद्यार्थी सँगठनका कार्यालयहरु नरहेको अवस्थामा यस सँगठनको कार्यालय स्थापना पश्चात् अन्यायमा परेका जुनसुकै विद्यार्थी, वर्ग, समुदायका नागरिकहरुले सामाजिक सेवा तथा लाभ लिन सक्ने अध्यक्ष खनालको विश्वास छ।

विशेषगरी सरकारी कार्यालयमा हुने ढिलासुस्ती लगायतमा आम नागरिक, कार्यकर्ता सुभचिन्तकहरुलाई सहजीकरण गरि सेवामा समर्पित रहने बताईएको छ। विद्यार्थी सँगठनलाई पनि सामाजिक सँस्थाको रुपमा विकास गरेर आम जनता, कार्यकर्ता एवम शुभ चिन्तकहरुको मन जित्दै सँगठन र पार्टीलाई जनस्तरमा लैजाने अखिल (क्रान्तिकारी) का जिल्ला उपाध्यक्ष आभाष पौडेलले जानकारी दिनु भएको छ।

यस्तै उक्त कार्यक्रममा नै गत पुस १८ गते संगठनको आयोजना भएको “प्रचण्ड र सँघिय गणतन्त्र नेपाल” विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्धितिय र तृतिय हुने छात्र, छात्रालाई एक भव्य कार्यक्रमकाबीच पुरस्कार वितरण गरिने भएको छ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज एवम प्रतिनिधि सभा सदस्य चक्रपाणि खनाल (बलदेव) र अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पञ्चा सिहँले पार्टीका तथा संगठनका कार्यकर्तालाई प्रशिक्षण गर्ने कार्यक्रम पनि तय भएको छ। उक्त प्र्रशिक्षण कार्यक्रमा सबैलाई उपस्थितिका लागि आग्रह गरिएको छ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय नेता नारायण खनाल, प्रदेश अध्यक्ष घनश्याम खरेल साथमा जिल्ला तथा प्रदेशका नेता गणहरुको समेत विशेष उपस्थिति रहने छ। कार्यक्रममा विभिन्न किसिमका नृत्य गित सँगितद्धारा मनोरञ्जन पनि गराउने कार्यक्रम रहेको छ।

प्रकाशित : २२ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६