प्रदेश

संसद् अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड होः भीम रावल




काठमाण्डौ, २२ फागुन । नेकपा एमालेका सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलबाड भएको बताउनुभएको छ ।

आज आइतवार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुग्नुभएका सांसद रावलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलबाड भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘यो त नेपाली जनताको सार्वभौम अधिकारमाथिको खेलबाड हो । र यो एकदम अत्यन्त गैरजिम्मेवार काम हो । संसदमा त नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधिमार्फत राष्ट्रको स्वाधीनता, स्वतन्त्रता, जनताको जीविका जस्ता महत्त्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरूले अपेक्षा गरेका हुन्छन् र संसद् भनेको देशमा उत्पन्न समस्याहरूको निकास दिने महत्त्वपूर्ण थलो हो ।’

सांसद रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशङ्का व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘देशको कार्यपालिका, व्यवस्थापिका संसद्, न्यायपालिका सारा अलपत्र गर्ने काम नेपाललाई कमजोर बनाउने कतैबाट सुनियोजित खेल त भइराखेको छैन भन्ने कहिलेकाहीँ मनमा शङ्का लाग्छ ।’

प्रकाशित : २२ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६