खेलकुद

बुद्धभुमी राष्ट्रपति रनिङ शील्ड प्रतियोगीतामा रनगईको जित



कपिलवस्तु २२ फागुन – कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा संपन्न राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता २०७८ वडा नम्बर ३ स्थित नेपाल राष्ट्रिय माबि रनगईले जितेको छ । नगरपालिकाको बुढ्ढी स्थित खेलमैदानमा चार दिन सम्म चलेको प्रतियोगीता जितेसैगै उसले १० हजार नगद सहीत शील्ड समते हात पारेको हो । कक्षा नौ देखि १२ सम्मका बिद्यार्थीहरुलाई राष्ट्रपति रनिङ शील्डमा सहभागी गराइएको थियो । यस्तै कक्षा १ देखि ८ सम्म आधारभुत तहका बिद्यार्थीलाई मेयर कपमा सरिक गराइएको थियो ।

यस्तै पाचौ मेयर कप प्रतियोगीता वडा नम्बर ९ बकुलीपुर स्थित जन कल्याण माबिले जितेको छ । मेयर कपमा द्धितीय वडा नम्बर २ स्थित आधारभुत बिद्यालय बक्डरिया र तृतीय वडा नम्बर ९ स्थित आदर्श ईग्लीश बोडिङ स्कुल ईमिलिया तेश्रो भएको हो । मेयर कप छात्र तर्फ वडा नम्बर ९ स्थित आर्दश बोडिङ स्कुल प्रथम, वडा नम्बर ५ स्थित नेपाल राष्ट्रिय माबि चौरी द्धितीय र वडा नम्बर ६ स्थित माबि महुवा बावा तृतीय भयो ।

छात्रा तर्फ वडा नम्बर ९ स्थित जन कल्याण माबि बरकुलपुर प्रथम, वडा नम्बर २ स्थित आधारभुत बिद्यालय बक्डरिया द्धितीय र वडा नम्बर १० स्थित कपिलवस्तु राष्ट्रिय माबि चेत्रादेई तृतीय भयो । लुम्बिनी प्रदेशकी पर्यटन, ग्रामीण तथा शहरी विकास राज्य मन्त्री रिना नेपाल र मेयर केशव कुमार श्रेष्ठले संयुक्तरुपमा बिजयी टोली र खेलाडीलाई कप मेडल प्रमाण पत्र प्रदान गरेका थिए । सो अवसरमा मन्त्री नेपालले खेलकुदको विकासकालागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताईन ।

उनले खेल र खेलाडीको हौसला बढाउन खेल क्षेत्रमा थप लागनी आवश्यक रहेकेो बताईन । सो अवसमरा मेयर श्रेष्ठले नगरपालिकाले ५ बर्ष सम्म खेलकुदमा गरेको लगानीको मुल्यांक गर्ने बेला आएको बताए । उनले नगरपालिकलो सूरु देखि नै खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बताए । मेयर श्रेष्ठको अध्यक्षतामा भएको पुरस्कार बितरण कार्यक्रममा उप मेयर मीरा थारु, वडा नम्बर ४ का अध्यक्ष पवन कुमार चौधरी, वडा नम्बर ८का अध्यक्ष कपिल तिवारी, प्रमुख प्रशासकीय अधिकृत केशवराज सुबेदी, प्रशासन शाखा प्रमुख राजन कुमार पोख्रेल शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराई लगायतको सहभागीता थियो ।

प्रकाशित : २२ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६