अन्तर्राष्ट्रिय

कांग्रेस सत्तामा जाँदा नदीनाला बेच्न र राष्ट्रघात गर्न कहिल्यै छुटाएन :भुसाल



भगवती न्यौपाने
कपिलवस्तु २३ फागुन । नेकपा केन्द्रिय सदस्य तथा स्कुलिङ विभाग प्रमुख भेषराज भुषालले एमसीसीमा १२ बुदे घोषणा महाकाली सन्धिीको संकल्प प्रस्ताव जस्तै हावादारी घोषणा हो भन्दै यसको कुनै अर्थ नरहने .बताउनु भएको छ । कपिलवस्तुको ४ नम्वर जीतपुरमा भएको राष्ट्घाती एम सि सि पारित विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कांग्रेस सरकारले सत्तामा गएपछि नदी नाला सम्पदा र देश खुलमखुला बेच्ने गरेको आरोप लगाउनु भयो । बेलायतमा वसेर डलर खाएका हरुले हौसला दिए भन्दै प्रचण्डले ब्यक्त गरेको भन्दै प्रचण्ड विदेशको दलाल भएको उहाले स्पष्ट पार्नु भयो ।
सम्पूर्ण प्रगतिशील देश भतm,बामपन्थी बुद्धिजीविहरु एक होऔं’ भन्ने नारा रहेको कार्यक्रममा एमालेका जिल्ला सदस्य एवम बुद्धिजीवि परिषद इन्चार्ज भेषराज पाण्डे ,बुद्धिजीवी संगठन अध्यक्ष शशि सापकोटा ,नेकपा क्रान्तिकारी जिल्ला सचिव कमल उपे्रतीे ,नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पक्षाई लगायतले बोल्दै एमसीसीले देशलाई नराम्रो संग कित्ताबन्दी वनाएको .बताउनु भयो ।बुद्धिजीवी जिल्ला सल्लाकार डबलसिं जि.सी.को अध्यक्षता, बुद्धिजीवी जिल्ला सदस्य तुल्सी पोख्रेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन बुद्धिजीवी जिल्ला संयोजक विष्णु पौडेलले गर्नु भएको थियो ।सयुक्त बुद्धिजीवी संगठन कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा १०० जनाजति अगुवाहरुको उस्थिती रहेको थियो ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६