प्रदेश

ओदारी दुर्घटना अपडेट : प्रहरी र स्थानिय विच झड्प



तौलिहवाबाट काठमाण्डौ जादै गरेको आइसर ट्रकले विपरित दिशाबाट ओदारी मर्थी जादै गरेको अटोलाई ठक्कर दिदा १ जनाको घट्ना स्थलमै ज्यान गएको छ ।

स्थानिय ज्यान गएपछी स्थानियले ओदारीमा रहेको प्रहरी विटमा आक्रमण गरेको जनाईएको छ । आक्रोशित स्थानियले प्रहरी विट तोड्फोड समेत गरेको स्थानियले प्रत्यक्षदर्शीले बताए ।

उनका अनुसार भारतिय नं प्लेटको गाडीले स्थानियलाई ठक्कर दिएपछी प्रहरीले ड्र्राईभरलाई नियन्त्रणमा लिएर सोही विटमा राखेको हुदाँ विटमा तोडफोड गरेको बताए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ हवाई फाएर र असृग्यास प्रहार गरेको जनाईएको छ ।

दुर्घटनामा बाणगंगा नगरपालिका वडा नम्बर ११ का अनिल मगरको मृत्यु भएको  जनाएको छ ।

 उनलाई ट्रकले ठक्कर दिएर ५० मिटर घिसार्दै लगेको प्रत्यक्षदर्शीले  बताए । उनको शरीर क्षतबिक्षत भएको छ । अहिले स्थानीयले घटनास्थलमा घटनाको बिरोध गरेका छन् ।

चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । स्थानीय घटनाको बिरोधमा उत्रिए पछि स्थिति तनावग्रस्त बनेको छ । अहिले प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको छ ।  अर्को एक जना गम्भिर घाईते भएको जनाईएको छ । यस सम्बन्धी थप विवरण आउन बाकी छ ।

प्रकाशित : २२ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६