खोज–अनुसन्धान

दुर्घटनापछि उत्पन्न तनावका बीच स्थानीयद्वारा प्रहरी चौकीमा तोडफोड,जीतपुर तौलिहवा सडक अवरुद्ध




कपिलवस्तु २३ फागुन ।गयराती कपिलवस्तुको ओदारीमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको विषयमा उत्पन्न तनावपछि प्रहरी चौकीमा स्थानीयले तोडफोड र आक्रमण गरेका छन् । भारतीय ट्रकले मोटर अटो रेक्सा चालकलाई ठक्कर दिएपछि लडेका ब्यक्तिलाई करिव ७०/८० मिटर जति घिसारेर मारेको भन्दै स्थानीय आक्रोसित भएका हुन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं ११ को ओदारी सवारी दुर्घटनामा वडा न ११ का अनिल मगरको मृत्यू भएको हो ।अटो रेक्सा चालक रहेका उनी भारतीय गाडीसगं ठक्कर खादा घटना स्थलमै मत्यु भएको हो ।

चालक र गाडी अहिले प्रहरी नियन्त्रणमा रहेका छन । ठक्करपछि करिव ८० मिटर घिसारे पछि उनको मृत्यु भएको स्थानियले बताएका छन ।ट्रकका चालकलाई प्रहरीले संरक्षण दिएको भन्दै प्रहरी माथि आक्रोस पोखिएको हो । प्रहरीले गयराती नै वल प्रयोग गरेर शव उठाएपछि तनाव वढ्दै गएको हो । आज विहानै वाट प्रहरी चौकी घेराउ गरेर स्थानीय वसेका छन् । कुनैपनि बेला थप तनाव हुने देखेपछि प्रशासनले शशस्त्र समेत परिचालित गरेको छ । राती दर्जनौ राउण्ड अश्रुग्यास प्रहार गरेर भिड नियन्त्रणमा लिइएको थियो । तौलिहवा जीतपुर सडक रातीदेखिनै अवरुद्ध छ ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६