जीवनशैली

सुनको भाउ तोलाकै १ लाख ३ हजार



काठमाडौं – सुनको भाउ लगातार बढेर नयाँ रेकर्ड कायम गर्ने लयमा छ ।कोभिड-१९ का कारण भएको लकडाउनका बेलामा सुनको बजार प्रभावित हुँदा भाउ बढेको थियो । तर, कोभिड-१९ को सङ्क्रमण कम हुँदै गएपछि सुनको भाउ घट्न थालेको थियो । अहिले फेरि रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा असर पर्न थालेको छ ।

दुई देशबीचको युद्धकै कारण सुनको भाउ समेत लगातार बढ्दै गएको छ। आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन हजार रुपैयाँमा पुगेको छ । यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । यसपालि भाउ बढेर नयाँ रेकर्ड बन्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनु भएको छ ।

उहाँका अनुसार सुनको भाउ अझै बढ्ने सम्भावना छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँमा पुगेको छ ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६