प्रदेश

स्थानीय चुनावअघि माओवादीले पदाधिकारी चयन नगर्ने, अर्को बैठक जेठ २० गते बस्ने



काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रले आगामी स्थानीय तहको चुनाव अगाडि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो चयन नगर्ने भएको छ ।

२० फागुनमा सुरु भएको बैठकमा पदाधिकारी चयनको विषयलाई प्रमुख एजेण्डाका रुपमा राखिएको थियो । तर, पदाधिकारीमा आकांक्षीहरु धेरै हुँदा सहमति जुट्न सकेन । गत पुसमा भएको महाधिवेशनले पदाधिकारी चयन नगरी केन्द्रीय सदस्य मात्र चयन गरेको थियो । त्यतिबेला केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने भनिए पनि स्थानीय तहको चुनावअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन नहुने भएको नेता वर्षमान पुनले बताए ।

‘अब आगामी निर्वाचनलगत्तै हामी पदाधिकारी र अन्य निकायहरुको चयनहरु गर्छौं’ उनले भने । पदाधिकारी चयन गर्नका लागि समयको अभाव भएको पुनको भनाइ छ । ‘विधान अनुसार पदाधिकारी चुन्न पाएको भए राम्रो हुन्थ्यो । तर, हामीसंग समयको अभाव भयो’ उनले भने ।

पार्टीको आधिकारिक निर्णयका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्ने गरी एउटा टिम बनाउने गृहकार्य भएको र त्यो टिममा रहने सदस्यहरु चयन गर्ने अधिकार स्वयं अध्यक्षलाई दिने तयारी भएको नेता पुनले बताए ।

अर्को केन्द्रीय कमिटी बैठक जेठ २० गते

नेता पुनले अर्को केन्द्रीय कमिटी बैठक आगामी जेठ २० गते बस्ने निर्णय भएको पनि जानकारी दिए । उक्त बैठकमा एमसीसी सम्झौतालाई लिएर आएको फरक मतबारे छलफल गर्ने पनि निर्णय भएको उनले बताएका छन् ।

यसैगरी, महाधिवेशनले २९९ सदस्य चुन्नुपर्नेमा त्यो अपूर्ण रहेकाले पूर्ण बनाउने गृहकार्य जारी रहेको उनले बताए ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६