प्रदेश

ओदारी दुर्घटना अपडेटः सहमती पछी खुल्यो तौलिहवा जितपुर सड्क




कपिलवस्तु, २३ फागुन ।
कपिलवस्तुको ओदारीमा हिजो भएको दुर्घटनाको विषयलाई लिएर आक्रोशित स्थानियले बन्द गरेको सड्क खुलेको छ ।
तौलिहवा बाट काठमाण्डौ जाँदै गरेको भारतिय नम्बर Mpo8GA 4068 को आइसर ट्रकले विपरित दिशाबाट ओदारी मर्थी आउदै गरेको अटोलाई ठक्कर दिदाँ १ जनाको बाणगंगा ११ का अनिल मगरको ज्यान गएको थियो । ट्रक ड्राईभरको लार्पवाहीका कारण ज्यान गएको भन्दै स्थानियले हिजोदेखि नै सड्कमा टायर बालेर सड्क अवरुद्ध गराएका थिए । भने हिजो ओदारीमा रहेको प्रहरी विटमा तोड्फोड समेत गरेका थिए ।
दुर्घटनामा ज्यान गुमाएका मगरका परिवारलाई उचित क्षतीपुर्ति , ड्राईभरलाई लार्पवाहीबापतको कडाकार्वाही , ओदारी प्रहरी विटका प्रमुख परिवर्तन , प्रत्यक्षदर्शीको भनाई र मृतक घट्नास्थल अनुसार करिव ८० मिटर घिसारे र ज्यानगएको हुदाँ सजाय हदै सम्मको हुनुपर्ने लिखित सम्झौतापछी सडक खुलेको र स्थिति सामान्य बनेको छ ।
बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, वडा नं ११ का वडाध्यक्ष सोमनाथ अर्याल, लुम्बिनी दर्पणका प्रधान सम्पादक मोहन बेल्वासे , हर्ट विट एफ एमका स्टेशन म्यानेजर हरि घिमिरे स्थानिय बुद्धिजिवि पिडितका बुवा आमा आफन्त छिमेकि स्थानिय लगाएतको छलफलपछी ८ बुँदे सहमती गरि सड्क खुलाईएको र पिडितको न्यायकालागि आफु लागिपर्ने वडाध्यक्ष अर्यालले बताए ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६