प्रदेश

लुक्ला विमानस्थल नजिकैको वनमा लागेको आगो अझै निभेन



सोलुखुम्बु, २३ फागुन । खुम्बुपासाङ ल्हामु गाउँपालिका २ मा रहेको सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सिम्रिक एअरको हेलिकप्टरले पानी खन्याएर आगो निभाउने प्रयास गरे पनि सफल हुन नसकेको बताइएको छ ।

फायर फाइटिङसहितको हेलिकप्टर आगो निभाउन आज सोमवार बिहानदेखि खटिएको भए पनि आगो झन् फैलिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक इन्स्पेक्टर ओमप्रसाद यादवले जानकारी दिनुभयो ।

आगो निभाउन नसकेपछि हेलिकप्टर काठमाण्डौ फर्किएको छ । आगो निभाउन प्रहरी र स्थानीयवासी खटिरहेका छन् । अहिले हेलिकप्टर कम्पनी र प्रदेश प्रहरी कार्यालयसँग समन्वय भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

धुवाँले गर्दा आज बिहान झन्डै एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको हो । आगोका कारण सल्ला, उत्तिस लगायतका प्रजातिका बोटबिरुवाहरू धेरै मात्रामा नष्ट भइसकेको स्थानीयवासीले बताएका छन् ।

खुम्बुपासाङ ल्हामु गाउँपालिका २ लुक्लाको हरियाली सामुदायिक वनमा हिजो आइतवार रातिदेखि सुरु भएको आगलागीको कारण पत्ता लाग्न सकेको छैन ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६