प्रदेश

विश्वको प्रतिस्पर्धी शिक्षा नेपालमै विकास गर्न सकिन्छः अध्यक्ष ओली



नवलपरासी, २३ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको प्रतिस्पर्धी शिक्षा नेपालमै विकास गर्न सकिने बताउनुभएको छ ।

नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी हाम्रै देशमा दुनियाँको प्रतिस्पर्धी शिक्षा विकास गर्न सक्छौँ । जसका लागि हामीले इँटा राखिसकेका छौँ । शिलान्यास गरिसकेका छौँ ।’

उहाँले देश विकास कसरी गर्ने भन्ने बाटो लिइसकेको जिकिर गर्दै भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, विद्युतीकण जस्ता जुनसुकै क्षेत्रको विकास गर्ने बाटो हामीले लिइसकेका छौँ । हामीसँग देश विकासको भिजन छ, त्यसै कारण हाम्रो राष्ट्रिय आकाङ्क्षा भनेको सुखी नेपाली समृद्ध नेपाल हो । ’

यस्तै पूर्वप्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी, अभिभावकलगायत सबै क्षेत्रमा काम गर्नेलाई आधुनिकीकरणको बाटो अपनाउन आग्रह गर्नुभयो । हरेक क्षेत्रमा काम गर्नेहरूले अब आधुनिकीकरणको बाटो, प्रविधि प्रयोग गर्ने बाटो, पछौटेपनलाई हटाउने बाटो, स्वरोजगार सृजना गर्ने बाटो अवलम्बन गर्नुपर्नेमा उहाँको जोड थियो ।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा भएका विकासका बारेमा समेत जानकारी गराउनुभयो । नवलपुरको फलाम खानी उत्खननका लागि थालनी, नमुना सदरमुकाम, नारायणगढ – बुटवल सडक विस्तार, कालीगण्डकी करिडोर आफ्नै पालामा बनेको उहाँले बताउनुभयो ।

कार्यक्रममै ओलीले मझीलाल थारु थनेतको नाममा दुई लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणासमेत गर्नुभयो । आफूले अक्षयकोषका लागि दुई लाख उपलब्ध गराउने, क्याम्पसले त्यसको वितरणको प्रक्रिया आफैँ मिलाउने उहाँले जानकारी गराउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले गण्डकी प्रदेशको भू–भाग ऋषिमुनिको तपोभूमि रहेको बताउँदै विश्वको सबैभन्दा पुरानो दर्शन र सभ्यता शैव दर्शन, शैव सभ्यता उत्पत्ति भएको भूभाग यही रहेको बताउनुभयो ।

यस्तै ओलीले क्याम्पसको पुस्तकालय भवन र प्रशासनिक भवनको समेत उद्घाटन गर्नुभयो ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६