जीवनशैली

चन्द्रौटाको नेशनल हेल्थ क्लिनीक बन्द गर्न किन दिइयो आदेश ?



कपिलवस्तु २३ फागुन -कपिलवस्तु जिल्लाको शिवराज न।पा ५ चन्द्रौटामा मापदण्ड पूरा नगरेको भन्दै शिवराज नगरपालिकाले नेशनल हेल्थ क्लिनीक बन्द गर्न आदेश दिएको छ ।

अनुगमनका क्रममा नेशनल हेल्थ किलिनिक संचालन गर्नका लागि कुनै पनि मापदण्ड पूरा नगरेको, विना ईजाजत बिरामि जाँच गरेको, नगरपालिका संग अनुमति नलिएको भेटिएकोले तुरून्त बन्द गर्ने आदेश दिएको अनुगमन टोलिको संयोजक ईलाका प्रशासन कार्यालय चन्द्रौटाको प्रमुख नारायण पाण्डेले बताउनु भयो ।

बिरामिको उपचारमा लापरवाहि भएको भन्दै ईलाका प्रशासन कार्यालयमा उजुरी परेकोले अनुगमन गरिएको ईलाका प्रशासन कार्यालय चन्द्रौटाको प्रमुख पाण्डेले बताउनु भयो ।

मानव जिवनको स्वास्थ्य महत्वपुर्ण विषय भएकोले यसरी अबैधानिक रूपमा संचालन गर्ने सबै ब्यवसायीहरूले बैधता प्राप्त गर्नु पर्ने अन्यथा कानुनको दायरामा ल्याई कारवाही गरिने शिवराज नगरपालिका प्रशासकिय प्रमुख गणेश अर्यालले बताउनु भयो । नगर भित्र रहेका किलिनिक, पोलिकिलिनिक, औषधि पसल मापदण्ड पूरा नभएकाहरू स्वास्थ्य शाखामा सम्पर्क गरे हामी सघाउने अन्यथा कारवाहि गरिने स्वास्थय शाखा प्रमुख चुडामणी भट्टराईले बताउनु भएको छ ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६