कपिलवस्तु २३ फागुन –मुस्लिम महिलाको सशक्तिकरणकालागि राष्ट्र ब्यापी महिला अभियानन संचालन गरिएको छ । ईस्लामिक संघ नेपालको अगुवाईमा पुर्व मेची देशि पश्चिम महाकाली सम्म फागुन २० देखि २६ फागुन सम्म अभियान संचालन गरिएको हो ।
मुस्लिम महिलाहरुलाई जागरुक बनाई हक अधिकार बारे सचेत गराउन अभियान गरिएको हो । अभियान कै क्रममा संघको लुम्बिनी प्रदेश पुर्वद्धारा तौलिहवा स्थित मस्जिद टोलमा आयोजित कार्यक्रममा मुस्लिम अगुवाहरुले मुस्लिम महिलाहरु आफनो हक अधिकारकालागि लडनु पर्नेमा जोड दिए । संघका प्रदेश अध्यक्ष ताहिर महमुदले कुरानमा मुस्लिम महिलाहरुलाई अधिकार दिईए पनि अझै सम्म त्यसको सदुपयोग भने हुन नसकेको बताए ।
उनले मुस्लिम महिलाहरुलाई पढन लेख्न, परिवार नियोजन, रोजगार, राजनीती लगातयका थुप्रै अधिकार भए पनि अनेक बाहानमा रोक्ने गरिएको उनले बताए । उनले आफनो धर्म र परिवार समाजमा आच नआउने किसिमले मुस्लिम महिला अघि बढनु पर्ने बताए । सो अवसरमा संघका लुम्बिनी प्रदेश सचिव अनारुल हकले मुस्लिम महिलाहरुलाई सशक्त बनाउन सबैले साथ दिनु पर्ने बताए ।
उनले कुरानले मुस्लिम महिलाहरुलाई राम्रो काम गर्न कही कतै नरोेको बताए । उनले आफनो हक अधिकार अवसरकालागि मुस्लिम महिलाहरु एकबद्ध भई आफनो अधिकारकालागि आवजा बुलन्द बनाउनु पर्ने बताए । मुस्लिम अगुवा माहोम्द सफी, फजुल रहमानले मुस्लिम महिलाहरुको हक अधिकार लगातयका बिषयमा चर्चा गरेका थिए । अभियान अन्र्गत ब्यक्तिगत भेटघाट, जुमाको उपदेश, बिद्यर्थी जुलुस, पालिकाहरुमा अगुावहरुसंग भेटघाट, सोसल मिडियामा संदेशमुल कार्यक्रम प्रशारण लागतयका क्रियाकलाप गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया