हरि घिमिरे, २३ फागुन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका उप मेयर चक्र पाणि अर्यालले कानुनी अधिकारमा महिलाहरु अब्बल हुन जरुरी रहेको बताउनु भएको छ । महिला कानुनी अधिकार सम्बन्धी ३ दिने तालिमको आईतबार समापन समारोहमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो “कानुन बुझेका महिलाहरुले घर देखिनै कानुन सिकाउँदै समाज रुपान्तरणमा भुमिका खेल्नु पर्छ ।” समाजमात यस्तो देखिन्छ जसले कानुन बुझेको छ उसैले बुझ पचाए जस्तो । उहाँले एक उदाहरण दिदै भन्नुभयो महिलाले महिलालाईनै घर देखिनै सम्स्यामा परेको हुन्छ, विस्तारै उसलाई छर छिमेक र समाजले पनि हेप्न थाल्छ र त्यस्ले बिकराल रुप लिएको हामिले देखेका छौं । महिला कानुनी अधिकार सम्बन्धी तालिमले अब बाणगंगाका महिलाहरुमा फरक पन आउनेमा आफु विश्वस्त भएको उहाँले जनाउनु भयो । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले समाजको गहना समानका महिला दिदि बहिनीहरुले कानुनका कुरामा ज्ञान हासिल गर्नुले सामाजिक परिर्वतनको बाटो खुल्ने बताउनु भयो । उहाँले भन्नुभयो “सृष्टीको उपज महिला भएकाले पनि महिलहरुले महिलाको र्मम बुझ्न आवश्यक हुन्छ ।” कानुन सबैकालागि भएकाले कानुन सिक्न र यसको पालना सबैले गर्न जरुरी रहेको उहाँको भनाई छ । महिला कानुनी अधिकार तालिममा अधिबक्ता कृष्ण प्रसाद पौडेलले प्रशिक्षण दिनु भएको थियो । तालिममा सहभागि महिला जनप्रतिनिधी, महिला विकास संस्थाका पदाधिकारीहरुले सिकेका कानुका कुराहरु व्याबाहारिक तरिकाले लागु गर्ने बताएका छन् । बाणगंगा नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा नगरको सभाहलमा तालिम सम्पन्न भएको हो । कार्यक्रम महिला तथा बालबालिका शाखा प्रमुख शसिला पन्थले सञ्चालन गर्नु भएको थियो ।
२३ फाल्गुन २०७८, सोमबार
प्रतिक्रिया