जीवनशैली

कम उमेरमै धेरै अनुभव ; ईन्जिनियरिङको शैक्षिक क्षेत्रमा लोकप्रिय नाम “ई. नव सुजित भण्डारी”



बुटवल १३ वेलवास, रुपन्देहीका स्थाई बासिन्दा ई. नव सुजित भण्डारी लुम्बिनी प्रदेशमा बहुचर्चित तथा चिन परिचित नाम हो | पुर्खौली थलो गुल्मी जिल्लाको चन्द्रकोट गाउपालिका स्थित रुपाकोट भए पनि बुटवलमै जन्मे हुर्केर बेलवासमै रहेको बुटवल ग्लोरी बोर्डिङ स्कुलबाट २०६३ सालमा एस एल सि दिएका भण्डारीले तत्पश्चात बुटवलकै अक्स्फोर्ड कलेजबाट +2 साईन्स गरेका थिए | उनले Lumbini Engineering College , भलवारीबाट ब्याचलर अफ सिभिल ईन्जिनियरिङ २०१४ सालमा उत्तीर्ण गरेका हुन भने सोही कलेजबाटै MSC- Construction Management समेत गरिरहेका छन |

हाल आवद्धता :
👉️तिलोत्तमा नगरपालिका स्थित सिटिईभिटी अन्तर्गतको लुम्बिनी टेक्निकल ईन्स्टिच्युट (लुम्बिनी युनिभर्सल कलेज अफ ईन्जिनियरिङ ) मा विगत ५ वर्ष देखि प्रिन्सिपल तथा ७ वर्ष देखि प्राध्यापन |
👉️ फर्साटिकर माध्यमिक विद्यालयमा प्राविधिक धार ईन्चार्ज |
👉️ वि स २०७० सालमा स्थापना भएको नव ईन्जिनियरिङ कन्सल्टेन्सीको सन्चालक |

कार्यअनुभव :
👉️ बुटवल उपमहानगरपालिकामा करार ईन्जिनियर तथा सव ईन्जिनियरको रुपमा कार्य अनुभव | (२०७४-७५/ २०७६-७७)
👉️ निर्माण क्षेत्रमा कन्ट्र्याक्टरको ईन्जिनियरको रुपमा कार्य अनुभव |
👉️ रुपन्देही तथा नेपालगन्जका ईन्जिनियरिङ कलेजहरुमा विभिन्न समयमा प्राध्यापन |
👉️ वि. स. २०६३ सालबाट विभिन्न मिडिया सङ आवद्ध हुँदै पत्रकारको रुपमा समेत परिचय भएको | हाल रामापिथेकस मिडिया प्राली द्वारा सन्चालित जितगढी न्युजका प्रधान सम्पादक |

सम्लग्न संघ सस्था :
👉️ मुल्यांकनकर्ता ईन्जिनियरहरुको सस्था “नेपाल भ्यालुअर्स एसोसिएसन” लुम्बिनी प्रदेशको कोषाध्यक्ष |
👉️ प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन नेपाल रुपन्देही जिल्ला कमिटीको सस्थापक अध्यक्ष |
👉️ नेकपा एमाले बुटवल उपमहानगर कमिटी सदस्य तथा बिज्ञान तथा प्रविधी विभाग प्रमुख |

सिनियरहरुको मार्गदर्शन तथा युवाहरुको साथ र समर्थन सहित नेपाल ईन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशमा प्रगतिशील ईन्जिनियरको तर्फबाट ई. जीवन अर्यालको प्यानलबाट सह सचिवमा उम्मेदवार रहेका भण्डारी ईन्जिनियरहरु माझ एक निडर र आफ्नो कुरा प्रस्ट सङ राख्न सक्ने व्यक्तित्वको रुपमा परिचय बनाएका छन |

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६