हरि घिमिरे, २३ फागुन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.९ मा घाँस काट्ने थाकल बाट आर्कषक टोपि र झोला बन्ने भएका छन् । वडा न.९ जिनुवामा १ महिने तालिम पछि प्राकृतिक बनस्पति थाकल बाट टोपि र झोला बन्ने बताईएको छ । तालीममा सहभागि १८ जना महिलाहरुले टोपि र झोला उत्पादन गर्न सक्ने छन् । वन जंगलमा पाईने थाकल बाट हस्तकलाका विभिन्न सामग्रि उत्पादन तालिम सोमवार एक कार्यक्रमका विच समापन भएको छ । वाणगंगा नगरपालिकाको सहयोग तथा ओम राजश्री मल्टि एग्रो प्रा.लि. काठमाडौको आयोजनामा प्राकृतिक रेशाजन्य बनस्पति थाकलबाट हस्तकला आर्कषक टोपि र झोला बनाउने तालिम प्रदान गरिएको थियो । तालिम एक महिना सम्म वडा कार्यालयको हलमा चलेको थियो । एक महिने तालिममा सहभातिले आफ्नो सिप प्रयोग गरेर उत्पादन गरेका सामग्रि राजश्री मल्टि एग्रो प्रा.लि.ले खरिद गर्ने जनाएको छ । तालिमको समापनमा पुग्नु भएका बाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपाणि अर्यालले तालीममा सिकेका सीप व्यबहारमा रुपान्तरण भएमा तालिमको सार्थकता हुने बताउनु भयो । उहँले भन्नु भयो “हामिले थाकलको घाँस काट्थ्यौँ, यति राम्रा समग्रि उत्पादन हुदाँ रहेछन् ।” ‘यसले के सिकायो भने हामि संग प्रसस्तै प्राकृतिक स्रोत छ उपयोग गर्न जान्नु पर्दो रहेछ ।’ त्यस्तै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्रकृतिले निःशुल्क दिएको उपहारलाई प्रयोगमा ल्याउन पाउनु अवसर भएको बताउनु भयो । सुनौलो सिप र अवसरलाई आय –आर्जन संग जोडेर आर्थिक लाभ प्राप्त गर्न पन्थीले सहभागिलाई आग्रह गर्नु भयो । कार्यक्रममा वडाध्यक्ष धुर्ब बेल्बासेको अध्यक्षता, बाणगंगा नगरपालिकाका प्रशासन शाखा प्रमुख केशवराज भट्टराई ,महिला बालबालिका शाखा प्रमुख शुसिला पन्थ, वडा सचिव सन्तोष कुमार बैठाको उपस्थिती रहेकोे थियो ।
२३ फाल्गुन २०७८, सोमबार
प्रतिक्रिया