जीवनशैली

एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिका मध्य एक जनाको मृत्यु



काठमाण्डाै २४ फागुन – काठमाण्डौको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको ज्यान गएको छ । अरु चार जनाको उपचार भइरहेको छ ।

नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका र काठमाण्डौ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा ज्यान गएको महानगरीय प्रहरी कार्यालय काठमाण्डौले जनाएको छ ।

गम्भीर घाइते चार जनाको मनमोहन मेमाेरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । घटनास्थलमा विषको बट्टा भेटिएको र थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यसअघि हिजो ललितपुरको कोञ्ज्याेसाेम गाउँपालिका–४ मा पनि एकै परिवारका पाँच जना मृत अवस्थामा भेटिएका थिए । कोइला बालेर सुतेका उनीहरुको निसासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।  

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६