प्रदेश

माओवादीबाट निष्कासित भए रंगेली नगर प्रमुख अग्रवाल



विराटनगर, २४ फागुन । नेकपा एमाले प्रवेश गर्ने तयारी गरेपछि नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल बगडिया लाई पार्टीबाट निष्कासन गरेको छ ।

उनलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार रंगेली आउँदैछन् ।

माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले विज्ञप्ति जारी गर्दै पार्टीको आचरण विपरीत काम गरेका कारण अग्रवालको साधारण सदस्यतासमेत खारेज गरेर कारबाही गरिएको जानकारी दिएका छन् ।

उनलाई पालिका प्रमुखको पदबाट पनि निष्कासन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको नेम्वाङले जानकारी दिए ।

उनी माओवादी केन्द्रबाट मोरङमा स्थानीय तहको निर्वाचन जित्ने एक्लो पालिका प्रमुख हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेयता नै उनी एमालेसँग नजिकिएका थिए ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६