अन्तर्राष्ट्रिय

नेपाली क्रिकेट टाेलीले श्रीलङ्का नेभीलाई दियो एक सय ९७ रनको लक्ष्य



काठमाण्डाै २४ फागुन – दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टाेलीले श्रीलङ्का नेभीलाई एक सय ९७ रनको लक्ष्य दिएको छ । 

कोलम्बोमा आज मङ्गलवार पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर चार बलमा अलआउट हुँदै एक सय ९६ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन बनाए । 

यस्तै विवेककुमार यादवले २६, भीम सार्कीले २८, पवन सर्राफले २२, रोहित पौडेल र सागर ढकालले ८/८ तथा कुशल भुर्तेलले तीन रन बनाए । विनोद भण्डारीले दुई रन बनाए भने ज्ञानेन्द्र मल्ल र विक्रम सोबले १/१ रन बनाए । कप्तान सन्दीप लामिछाने १४ रनमा नटआउट रहे । 

हिजो साेमवार भएको खेलमा श्रीलङ्का नेभीलाई एक सय तीन रनमा अलआउट गर्दै नेपाल एक सय ११ रनले विजयी भएको थियो । 
संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको एकदिवसीय शृङ्खलाकाे तयारीका लागि नेपाली टोली अभ्यास खेल खेल्न श्रीलङ्कामा छ । श्रीलङ्कामा रहँदा नेपाली टोलीले चार वटा अभ्यास खेल खेल्नेछ ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६