प्रदेश

महिलाविरुद्ध हुने भेदभाव र हिंसाविरुद्ध जुट्न प्रधानमन्त्री देउवाको आग्रह




काठमाण्डौं, २४ फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । एक सय बाहैं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै उनले महिलाविरुद्ध हुने सबैखाले भेदभाव र हिंसाविरुद्ध अभियानकै रुपमा जुट्न आग्रह गरे ।

प्रधानमन्त्री देउवाले महिला सशक्तीकरण सबैको साझा सरोकारको विषय भएकाले तीनवटै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहल गर्न आवश्यक रहेको बताए । उनले देशको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा पनि जोड दिए ।

प्रधानमन्त्री देउवाले संविधानले महिलाको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको तथा राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिता सुनिश्चित भएको बताए । उनले भने, “नेपालको संविधानले महिला उपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।” उनले संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी उनीहरुलाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हकको प्रत्याभूति गरेको बताए । उनले भने, “महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसा जन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ ।”

प्रधानमन्त्री देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरमा बिना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न दिवसले उत्प्रेरित गर्दै आएको उल्लेख गरे ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६