तुलसीपुर
२४-फागुन/ आज ११२औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस । दिवसको अवसरमा दाङको तुलसीपुर लगायत देशैभर विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाइएको छ । दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले पनि मंगलबार ११२ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
यसवर्षको दिवसको नारा ‘‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चिता’’ भन्ने नारा तय गरिएको छ । श्रमिक महिलाको मुल्यांकन गर्दै यस वर्ष तुलसीपुरमा अटो चलाउने अटो चालक महिलालाई सम्मान गरेको छ । दिवसको अवसरमा उपमहानगरले तुलसीपुरमा अटो चलाउने नौं जना महिलालाई सम्मान गरेको छ । सम्मानित हुनेमा निमा विक, टंकी नेपाली, पुष्पा श्रेष्ठ, शारदा खड्का, पुष्पा योगी, मिना छन्त्याल, बिमला अधिकारी, दुरुपता विक, बिमला विक सम्मानित भएका छन् ।
आफूहरुको मेहनतलाई मुल्यांकन गरेर सम्मान गरेकोमा अटो चालक महिलाहरु निकै खुशी भएका छन् । उनीहरुले पाएको त्यो सम्मानपत्र आफू सुत्ने कोठामा सबैले देख्ने गरी भित्तामा टाँस्ने समेत बताए । तुलसीपुरले आफ्नो कामको मुल्यांकन गरेर सम्मान गरेकोमा थप काम गर्न उत्साह, हौसला थपेको अटो चालक महिलाहरुको भनाइ छ ।
त्यस्तै कार्यक्रममा महिला हिंसाविरुद्धका नाटक, कविता, नृत्य लगाएत प्रस्तुत गरिएको थियो । कार्यक्रम तुलसीपुर उपमहागरपालिका सामाजिक विकास समितीका संयोजक कुमार लामिछानेको अध्यक्ष, नगर उपप्रमुख माया आर्चायको प्रमुख आथित्यता तथा प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रमको आयोजना तुलसीपुर उपमहानगरपालिकाले गरेको थियो भने यसलाई सहयोग विभिन्न गैरसरकारी संघसंस्थाहरुले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य तुलसीपुर न्यायिक समिती सदस्य यमुना परियारले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले गरेकी थिइन् ।
प्रतिक्रिया