अर्थ-वाणिज्य

लायन्स क्लव अफ कपिलवस्तु ‘दिदी-बहिनी’ द्धारा खेलकुद प्रतियोगिता सम्पन्न



कपिलवस्तु २५ फागुन : लायन्स क्लव अफ कपिलवस्तु ‘दिदी बहिनी’ ले खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । मंगलबार क्लवले ११२ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खेलकुद प्रतियोगिता सम्पन्न गरेको हो । बाणगंगा नगरपालिका वडा नं.३ राजपानीमा क्लवका दिदी बहिनीहरुबीच खेलकुद प्रतियोगिता सम्पन्न गरेको क्लवका अध्यक्ष सविता पौडेल सापकोटाले वैखरी अनलाईनलाई जानकारी दिनुभयो । नारी दिवसलाई विशेष किसिमले बनाउन पर्छ भन्ने लागेर खेलकुद प्रतियोगिता गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

महिलाका हक अधिकारको सुनिश्चताका निम्ति पनि लायन्स क्लव अफ कपिलवस्तु ‘दिदी बहिनी’ सदैव प्रतिवद्ध रहेको उहाँको भनाई छ । क्लवका संस्थापक अध्यक्ष लक्ष्मी गैरेले क्लवले नारी दिवसको अवसरमा खेलकुद प्रतियोगिता गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

उक्त अवसरमा क्लवका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले एक आपसमा ११२ औ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष अनिता क्षेत्री, कोषाध्यक्ष भगवतीदेवी रेग्मी भूसाल, सहकोषाध्यक्ष सिता भण्डारी घिमिरे, सहसचिव पुजा पौडेल लगायत क्लवका अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६