अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध



अमेरिकाले रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी तेल/ग्यासलगायत ऊर्जाका स्रोतको सबै आयातमा प्रतिबन्ध लगाएको बताउनुभयो ।

बाइडेनका अनुसार अमेरिकाले एकतर्फी रूपमा यो कदम चाल्नेछ । अब रूसी तेल अमेरिकी बन्दरगाहमार्फत कारोबार हुने छैन । युक्रेनमा आक्रमणपछि अमेरिकाले रुसमाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो । पश्चिमा देशले तेल निर्यातमा प्रतिबन्ध लगाएमा युरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसले यसअघि नै चेतावनी दिएको छ ।

ग्यास आपूर्तिका लागि जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी दिएको मस्कोलाई उद्धृत गर्दै समाचार संस्था तासले जनाएको छ । रुसका उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले यो कदमबाट विश्वभरिको आपूर्तिमा ‘विनाशकारी परिणाम’ आउने र तेलको मूल्य दोब्बरले बढेर तीन सय डलरसम्म पुग्न सक्ने चेतावनी दिनुभएको छ ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६