जीवनशैली

आगो निभाउने क्रममा जलेर १ जनाको मृत्यु , १ जना घाइते



म्याग्दी – पश्चिम म्याग्दीको मालिका गाउँपालिका ५ देवीस्थानमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको ज्यान गएको छ । 

देवीस्थानको भीरखर्क सामुदायिक वनमा लागेको आगोमा जलेर देवीस्थान गरजडाका २६ वर्षीय मबहादुर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

यसैगरी आगो निभाउने क्रममा बाेहाेराका भाइ २१ वर्षीय मनबहादुर गम्भीर घाइते भएकf जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । 

घाइते मनबहादुरलाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा सामान्य उपचार गरी प्रभु एअरको हेलिकप्टरबाट थप उपचारका लागि पोखरा रेफर गरिएको बताउनुभयो । 

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६