प्रदेश

नेकपा (एस) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु



काठमाडौं २५ फागुन ।

नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ। बैठक आज र भोलि बस्ने समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए।

बबरमहलस्थित कार्की ब्यांकेटमा बस्ने बैठकमा संसदबाट एमसीसी पारित भइसकेपछिको परिस्थिति र सत्तागठबन्धनबारे छलफल हुने बताइएको छ। बैठक ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। पोलिटब्युरो सदस्यहरूको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको छ।

नेकपा एस जसरी पनि सत्तागठबन्धन जोगााउन चाहन्छ। सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका केही नेताले नेकपा एस र माओवादी केन्द्रले कांग्रेसको ओत खोजेको भन्दै कडा टिप्पणी गर्दा पनि नेताहरु निरीह बनेको आरोप लागेको छ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६