देउखुरी/ दाङ देउखुरीमा कार र बुलेट मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङका नरेन्द्र जिसी रहेका छन ।
मंगलबार राती पौने ९ बजेको समयमा भालुबाङबाट लमही आउदै गरेको बा १० च २५८१ नम्बरको कार र लमही देखि भालुबाङ तर्फ जाँदै गरेको रा ६ प ६८४९ नम्बरको बुलेट मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ ।
लमही नगरपालिका वडा नम्बर ३ बनगाउँ चोकमा भएको उक्त दुर्घटनामा परि मोटरसाइकल चालक जिसी गम्भीर घाइते भएका थिए उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन ।
कारलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया