प्रदेश

महिलाले महत्वपूर्ण भूमिका खेल्न सकेमा परिवर्तन सम्भब छः घिमिरे



कपिलवस्तु, २५ फागुन । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले श्रमिक महिला दिवस श्रम गर्ने महिलाहरुको भएको बताइन् । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ बाणगंगा नगर कमीटीले आायोजना गरेको प्रशिक्षण तथा अन्तक्र्रियात्मक कार्यक्रममा प्रमुख अतिथी घिमिरेले यस्तो बताइन् ।

अखिल महिला संघको जीवन संघर्ष र गौरवपूर्ण हिसावले भरिपूर्ण भएको हुँदा यसलाई हामी सबैले बुझ्न जरुरी भएको बताइन् । मुलुकको परिवर्तनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

यस्तै नेकपा एमाले पूर्वजिल्ला सदस्य गुणा पन्थीले महिलाहरु नेतृत्वमा आउन धेरै संघर्ष गर्नुपर्ने बताइन् । जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल महिला संघका उपसचिव शान्ता पाण्डेले महिलाहरु आफ्नो हकहितका लागि संघर्ष गर्नुपर्ने बताइन् । यसैगरी जिल्ला पार्टी सदस्य धनु अधिकारीले महिलाहरुले संघर्ष गरे अनुसार अधिकार प्राप्त गर्न नसकेको बताइन् । हत्या हिंसा, लैगिंक विभेदको न्यूनीकरण गर्न अझै संघर्ष गर्नुपर्ने बताइन् ।

कार्यक्रम नगर कमिटीका अध्यक्ष गंगा भट्टराईको अध्यक्षतामा प्रदेश सदस्य टिकादेवी अधिकारी, जिल्ला सचिवालय सदस्य शान्ता पाण्डे, सिता न्यौपाने, बिष्णु ढुंगाना, राधिका पन्थ, डिल कुमारी भण्डारी, लिलादेवी न्यौपाने, नेकपा एमाले नगरकमिटी उपसचिव लक्ष्मी थारु, सदस्य सारदा परियारलगायत जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६