प्रदेश

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस




फागुन २५,एजेन्सी
पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट पीडीएमले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको बीबीसी हिन्दीले जनाएको छ । विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका हुन् ।

पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ । पाकिस्तानको संसदमा तीन सय ४२ सदस्य छन् । यसअनुसार अविश्वास प्रस्ताव पारित गर्न पक्षमा एक सय ७२ भोट भए पुग्छ । प्रधानमन्त्री खानको पार्टी पीटीआईसँग संसदमा एक सय ५५ सीट छ । उहाँको सरकार गठबन्धनका सहयोगी दलको समर्थनमा चलिरहेको छ ।

खान नेतृत्वको सरकारलाई पाकिस्तान मुस्लिम लीग कायद–ए–आजम पीएमएल–क्यू र मुत्ताहिदा कौमी मुभमेन्टको समर्थन छ । तर यी पार्टीका शीर्ष नेताले सरकारको सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् । तर अहिलेसम्म प्रधानमन्त्री खानको विपक्षमा उभिने स्पष्ट संकेत गरेका छैनन् । विपक्षीको विरोधपछि प्रधानमन्त्री खानले पेट्रोल र बिजुलीको मूल्यमा केही कटौतीको निर्णय गर्नुभएको छ । खान सन् २०१८ अगष्टमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६