प्रदेश

गठबन्धन दलहरु बीचमा विश्वास कायमै छ डराउनु पर्दैन: नेपाल



काठमाडौं, २५ फागुन। नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन दलहरु बीचमा विश्वास कायम रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलहरु बीचको विश्वास तोड्नलाई षड्यन्त्र भएको बताउनुभयो ।
एमसीसीको बिरोधमा लागेका प्रति संकेत गर्दै उहाँले भन्नुभयो, ‘एमसीसीका बारेमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । गल्ती स्वीकार गर्नुहोस् । स्पष्टिकरण रोध्नुपर्ने नहोस् । ती कुराहरु आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ ।’
उहाँले एमसीसी पास नगरेको भए सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र भएको बताउनुभयो ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६