प्रदेश

व्यावसायिक उडान सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल



काठमाडौं, २५ फागुन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नसँगै व्यावसायिक उडान सञ्चालनको तयारी शुरु भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले बुद्ध जयन्तीदेखि नियमित रुपमा व्यावसायिक उडान सञ्चालकका लागि आवश्यक तयारीमा जुटेको विमानस्थल सञ्चालन तयारी कार्यदल सह–संयोजक विक्रमराज गौतमले जानकारी दिनुभयो ।

नागरिक उडड्यन सुरक्षा नियामवली अनुसार टर्मिनल क्षेत्रको सुरक्षा नेपाल प्रहरीले र कम्पाउण्ड क्षेत्रको सुरक्षा नेपाली सेनाले गर्ने प्रावधान अनुसार सुरक्षाकर्मीहरुलाई तालिम दिन सुरु गरेको विमानस्थल सञ्चालन तयारी कार्यदल सह–संयोजक गौतमले जानकारी दिनुभयो । विमानस्थलमा गरिने गतिविधिहरुमा हुने सुरक्षा अवस्थालाई प्रभावकारी बनाउने प्राधिकरणले गत सोमबार सुरक्षा, भन्सार, श्रम तथा रोजगार विभाग, नागरिक उडड्यन लगायत निकायसँग छलफल समेत शुरु गरी काम अघि बडाएको जनाएको छ ।
विमानस्थलमा प्रयोग हुने प्रिबोर्ड प्यासेन्जर स्क्यानिङ एक्सरे मेसिन सञ्चालनका लागि विमानस्थलमा कार्यरत सुरक्षा जनशक्ति तालिम दिन शुरु भएको गौतमले जानकारी दिनुभयो । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान क्यालिब्रेसन फ्लाइट गत साता मात्र सम्पन्न गरेको थियो । विमानस्थलको तयारी सम्पन्न गरी व्यवसायिक उडानका लागि परीक्षण उडान गर्ने जनाएको छ । नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । गौतम बुद्धले उडान शुरु गरेपछि काठमाडौंको हवाइ ट्राफिक कम हुने विश्वास प्राधिकरणले लिएको छ ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६