प्रदेश

लागुऔषधसहित पाल्पाबाट बुटवल आउने क्रममा बाग्लुङका २ युवा पक्राउ



बुटवल, २५ फागुन । लागुऔषधसहित पाल्पाबाट बुटवल आउने क्रममा २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ ताराखोला गाउँपालिका–१ का २१ वर्षीय नितेश घर्ति मगर र बाग्लुङ काठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीस पक्राउ परको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन नगरपालिका–७ बाँसटारीमा पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको ध २ प ३६९४ नम्बरको मोटरसाईकललाई मंगलबार चेकजाँच गर्ने क्रममा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले नुफ्रिन ३ एम्पुल, डाईजेपाम २ एम्पुल, प्रेथोजिन ३ एम्पुल, प्रयोग गरेको डाईजेपाम १ थान, सिरिन्ज थान २ बरामद गरेको छ । प्रहरीले उनीहरु सवार मोटरसाईकल सहित दुबैजनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिहेको छ ।

यस्तै मंगलबार नै पाल्पा रीब्दीकोट गाउँपालिका–३ दुग्रीका स्थित हार्थोक सर्देवा कच्ची सडक खण्डमा तानसेनबाट सर्देवा तर्फ जादै गरेको ध १ प १०४९ नम्बरको मोटरसाईकललाई चालकलाई लागुऔधष सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको बाग्लुङ नगरपालिका–३ का २१ वर्षीय सौरव पुन रहेको प्रहरीले जनाएको छ । उनका साथबाट प्रहरीले डाईजेपाम २२, नुफ्रिन २०. प्रेथोजिन २२ गरी ६४ एम्पुल फेला पारी मोटरसाईकल सहित नियन्त्रणमा लिई अनुसन्धान गरेको छ ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६