प्रदेश

आय आर्जनका लागि श्री मिर्मिरे महिला बचत तथा ऋण सहकारीद्धारा बाख्रा प्रदान




कपिलवस्तु, २५ फागुन ।
श्री मिर्मिरे महिला बचत तथा ऋण सहकारी संस्था लि। ले ५० वटा बाख्रा वितरण गरेको छ । सहकारीले बाणगंगा नगरपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत नगरपालिकाको सहयोगमा आज बुधबार बैरियामा एक कार्यक्रमको आयोजना गरि ५० वटा बाख्रा वितरण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले नगरभित्र रहेका धेरै सहकारीले पनि यस्ता कार्यक्रमको लागी निवेदन दिएको तर यस सहकारीलाई विभिन्न सुचक पुरा गरेको आधारमा यस कार्यक्रमका लागी छनोट गरेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका उपप्रमुख अर्यालले मिर्मिरे महिला बचत तथा ऋण सहकारीमा आर्थिक पारदर्शिता, मितव्यीता एवम् अनुशासन कायम रहेको भन्दै संस्था उदाहरणीय काम गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । बाख्रा पालनले आम महिलाहरुको आयआर्जनमा वृद्धि गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले महिलाहरु गाउँ समाजमा आर्थिक रुपमा कमजोर भएकै कारण हिंसा, अन्यायमा पर्ने गरेको देखिएको बताउँदै यस्ता कार्यक्रमले आर्थिक पाटो सुदृढ बनाउन सकिने बताउनुभयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं.१ का वडाध्यक्ष बालकुमारी पन्थ अधिकारीले वडा नं।१ र २ लाई कार्य क्षेत्र बनाएर यस सहकारीले उदाहरणीयय काम गर्दै आईरहेको स्मरण गर्नुभयो । विगतमा गरेका कामका आधारमा उत्कृष्ट सहकारीमा छनोट भई यस सहकारीलाई कार्यपालिकाको बैठकले बाख्रा वितरणका लागी छनोट गरेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । महिलाको जीवनस्तर माथि उठाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै उहाँले आगामी दिनमा पनि सहकारीले यस्ता कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । यस सहकारीले महिलाहरुको जीवनस्तरलाई माथि उकास्न महत्वपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त गर्दै वडा नं. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले सबै महिलाहरुले सहकारीले देखाएको बाटोमा हालेमालो गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष शान्ता पाण्डेले महिलाहरुको क्षेत्रमा सहकारीले विगतदेखि नै काम गर्दै आएको र आगामी दिनमा थप उदाहरणीय काम गर्दै जाने प्रतिवद्धता जनाउनुभयो । सहकारीका अध्यक्ष शान्ता पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरका पशुसेवा शाखा अधिकृत राजकुमार तिवारी, महिला तथा बालबालिका शाखा प्रमुख शुसिला पन्त लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रममा सहकारीका सल्लाहकार स्वागत मन्तव्य उषा नेपालले स्वागत मन्तव्य र सहकारीकी सचिव गंगा भट्टाराईले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

सहरकारीले २५ घर परिवारका एकल तथा विपन्न महिला एवम् २ बर्षमुनि बालकालिकाका आमाहरुलाई २ वटाका दरले ५० वटा बाख्रा वितरण गरेको हो ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६