प्रदेश

कपिलवस्तु महोत्सवमा विश्वकै अग्लो युएईको (बुर्ज खलिफा) नमुना गेट बन्दै




कपिलवस्तु, २५ फागुन ।
१२ औँ कपिलवस्तु महोत्सवमा विश्वकै अग्लो युएईको (बुर्ज खलिफा) नमुना गेट बन्ने भएको छ । करिव ४५ फुट अग्लो (बुर्ज खलिफा) महोत्सवको प्रवेशद्धारका रुपमा रहने आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंले जनाएको छ । नेपालमा लाग्ने महोत्सवमा नयाँपन दिने उदेश्यले आफुहरुले नेपालमै पहलिो पटक ठुलो लगानी प्रवेशद्धाराका रुपमा ब्रुज गलिफा बनाउन लागेको सघंका महासचिव मनोज पौडेलले जानकारी दिए ।

दुवैमा रहेको सो भवनलाई जस्ताको त्यस्तै बनाउन अहिले भारतको चेन्नईबाट कामदारहरु आएर बनाउने काम अगाडी बढाएका छन ।

महोत्सवको आर्कषब बढाउन यस्तो बनाउन थालिएको पौडेलको भनाई छ । साथै महोत्सव स्थलभित्र बुद्ध, शिव र गुम्भाको मर्तिका साथै आर्कषक सेल्फी जाने समेत रहने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । महोत्सव सफल पार्न सबै सरोकारवालाले आआफनो ठाउबाट सहयोग गर्न समेत संयोजक घिमिरेले आग्रह गरेका छन ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६