पर्यटन

लुम्बिनी क्षेत्र विकास कोषमा ९ जना पदाधिकारी नियुक्त



लुम्बिनी, २५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त रहेका नौ जना पदाधिकारी नियुक्त गर्नुभएको छ । विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रीस्तरीय निर्णयबाट पदाधिकारी नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ ।

नवनियुक्त पदाधिकारीहरूलाई आज बुधवार मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गर्नुभएको छ ।

कोषमा नियुक्त भएकाहरूमा कोषाध्यक्ष ढुण्डीराज भट्टराई, कार्यकारी सदस्यमा राजेश शाक्य, नेत्र शाही, विश्वराज पौडेल र रामनरेश कोहार रहनुभएको छ । यसैगरी परिषद् सदस्यहरूमा प्रकाश भट्टराई, धनराज कँडेल, श्रीराम यादव र गोपीकृष्ण शर्मा रहेका छन् ।

नवनियुक्त पदाधिकारीहरूलाई मन्त्री आलेले र्निधक्कका साथ लुम्बिनी क्षेत्रको विकासमा लाग्न निर्देशन दिनुभएको छ । आउँदै गरेको बुद्ध जयन्ती भव्य र सभ्य रूपमा सफल पार्नका लागि सबै पदाधिकारी, कर्मचारी एकजुट भएर लाग्नसमेत उहाँले निर्देशन दिनुभयो ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६