अर्थ-वाणिज्य

प्रथम बाणगंगा सडक खाना महोत्सव ऐतिहासिक हुने : ठकुरीको दाबी



कपिलवस्तु २६ फागुन : प्रथम बाणगंगा सडक खाना महोत्सवका निर्देशक सुसिल सिंह ठकुरीले जिल्लाको बाणगंगा नगरपालिकामा हुने प्रथम बाणगंगा सडक खाना महोत्सव ऐतिहासिक हुने दाबी गरेका छन् । उनले महोत्सवलाई सफल बनाउन जिल्लाका सम्पूर्ण होटल व्यवसायी तथा विभिन्न जनजाती, भेषभुषाका प्रतिनिधिहरुलाई सहयोग हुन आग्रह गरेका छन् ।

उनले सडक खाना महोत्सवमा खानाका स्टल रहने तथा विभिन्न जातजातीका खानाका परिकार राखिने बताए ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा हुने प्रथम बाणगंगा सडक खाना महोत्सवको तयारी तीब्र गतिमा अघि बढेको छ । बाणगंगा नगरपालिका वडा न. ४ ले एकै ठाँउबाट पहिचान सहितको धेरै स्वाद चखाउन सडक खाना महोत्सव गर्न लागेको छ ।

आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न यही फागुन २७ गते विभिन्न जातजातिका फरक फरक स्वाद चखाउन सडक खाना महोत्सव गर्न लागिएको र सोही कामको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ ।

सडक खाना महोत्सवमा स्थानीय स्तरमा रहेका मगर, गुरुङ, थारु, नेवार, पहाडी स्वादिष्ट परिकारहरु रहने आयोजकले जनाएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६