अर्थ-वाणिज्य

भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई राेक्न भिसामा कडाइ



काठमाण्डाै २६ फागुन – गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई राेक्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । खाडी देशहरूमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरू आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि सर्तहरू राखेर कडाइ गरेको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजात पूरा भए/नभएको हेर्ने व्यवस्था राख्न कार्यदलले सिफारिस गरेको छ  । सरकारले सर्तहरू राखेपछि संविधान विपरीत र मानव अधिकार विपरीत प्रावधान भएको टिप्पणी भइरहेको छ । तर गृह मन्त्रालयले भने यी सर्तहरू नेपाली नागरिकको सुरक्षाका लागि भएको स्पष्ट पारेको छ ।

आज बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यदलका संयोजकसमेत रहनुभएका सहसचिव पोखरेलले विभिन्न प्रलोभनमा परेर भिजिट भिसामा खाडी देश जाने र अलपत्र पर्ने गरेको भन्दै कार्यदलले नागरिक सुरक्षाका लागि प्रतिवेदन बनाएको बताउनुभयो । उहाँले महिला अधिकारको हनन गरेर भिजिट भिसामा विभिन्न सर्त राखिएको भन्ने कुरा गलत भएको बताउनुभयो ।

सहसचिव पोखरेलले विदेश जाने नेपाली नागरिकलाई अलपत्र नपार्न सीमित प्रावधान बनाउनु राम्रो भएको बताउनुभयो । उहाँले सरकार नागरिकप्रतिको दायित्वबाट विमुख हुन नमिल्ने भन्दै वैदेशिक रोजगारीमा जाने महिलाहरूलाई परिवार र आफन्तजनको अनुमतिबाट मात्रै विदेश जान पाउने प्रावधान प्रतिवेदनमा रहेको बताउनुभयो ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६