जीवनशैली

जिका, डेङ्गी र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु



काठमाण्डाै २६ फागुन – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गी र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । यी राेगकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गर्नुभयो ।

विदेशबाट आएका, लक्षण भएका बिरामी र डाक्टरले सिफारिस गरेपछि निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको प्रयोगशालाका प्रवक्ता राजेश गुप्ताले बताउनुभयो ।

तीन वटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यी रोगमा एक्कासी ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन् ।  

अब लामखुट्टेको जोखिम बढ्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । 

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६