खेलकुद

रियल र म्यानचेस्टरको क्वाटरफाइनलमा , पिएसजीसँगको खेलमा बेन्जेमाको ह्याट्रिक



काठमाण्डाै २६ फागुन – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो लेगमा एक गोलले पछि परेको अवस्थामा करिम बेन्जेमाले ह्याट्रिक गरेपछि पिएसजीलाई समग्रमा ३–२ गोलले पराजित गरी रियल अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो । दोस्रो लेगमा सुरुवाती अग्रता जोगाउन नसक्दा पिएसजी अन्तिम–१६ बाटै बाहिरियो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा गएराति भएको खेलमा बेन्जेमाले दोस्रो हाफको १७ मिनेटभित्र ह्याट्रिक गरे । रियलका कप्तान बेन्जेमाले खेलको ६१औं, ७६औं र ७८ औँ मिनेटमा गोल गरे । बेन्जेमा च्याम्पियन्स लिगमा ह्याट्रिक पूरा गर्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । त्यसअघि खेलको ३९औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । तर पिएसजीले अग्रता जोगाउन सकेन ।

अर्को खेलमा म्यानचेस्टर सिटी र स्पोर्टिङ क्लबले गोलरहित बराबरी खेलेका छन् । गएराति घरेलु मैदानमा भएको दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ५–० गोलको जित निकाल्दै सिटी अन्तिम आठमा पुगेको हो ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६